हेटौँडाको नेवारपानीमा बस दुर्घटना : १ को मृत्यु, १५ घाइते

0
shares

by Soni Sharma | Updated: 15 Aug 2019

68 views
तस्बिर साभार वेब

३१ साउन मकवानपुर।हेटौँडा उपमहानगरपालिका–१९ नेवार पानीमा बस बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।शुक्रबार बिहान झण्डै साढे २ बजे काठमाण्डौबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । 

दुर्घटनामा ज्यान गुमाउने सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका–५ का ५८ वर्षीय मुकेश शर्मा रहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

घाइते १५ जनामध्ये ८ जना हेटौँडाको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको,चार जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको र अन्य तीन जनाको चुरेहिल अस्पतालमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।