-तस्विर वेब

हेटौंडामा बर्ड फ्लु !

Hollywood Khabar March 13,2019 Comments

३० फागुन, हेटौंडा।हेटौंडामा बर्ड फ्लु भेटिएको छ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका ७ नागस्वती स्थित कुलप्रसाद चौलागाईको कमर्सियल लेयर्स फर्मको कुखुराको नमुना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो।बर्डफ्लु प्रमाणित भएपछि स्थानीय प्रशासनले संक्रमित क्षेत्रमा शीलगरि कुखुरा, अण्डा र सुलीसमेत निकासी हुन नपाउने गरी निर्णय गरेको छ ।फ्लु संक्रमित क्षेत्रमा करिब ५० जना किसानले पालेको १ लाख लेर्यस कुखुरा टष्ट हुने पशु कार्यालयले जनाएको छ ।