-तस्विर वेव

प्रदेश १ मा हेमोफिलियाबाट सातजनाको मृत्यु 

Hollywood Khabar September 15,2019 Comments

३० भाद्र काठमाडौं।प्रदेश १ मा 'हेमोफिलिया' का कारण सातजनाको मृत्यु भएको छ।मोरङको कटहरी गाउँपालिकाका ३५ वर्षीय बसिर मियाँ र १३ वर्षीय मोहम्मद कब्रेज र युवराज कार्की रहेका छन्। तेस्तै  सुनसरीका शम्भु बस्नेत, रमेश तामाङ, झापाका सुलभ गजमेर र पाँचथरका तुलसी चिमरियाको हेमोफिलियाकै कारण ज्यान गएको हो ।उनीहरुको 'एन्टी हेमोफिलिक फ्याक्टर' नामक औषधि सेवन गर्न नपाएका कारण मृत्यु भएको जनाइएको छ ।प्रदेश प्रदेश १ मा हालसम्म ९० जनामा यसको समस्या रहेको र सबैभन्दा बढी मोरङमा १८ जनामा हेमोफिलियाको समस्या छ ।

तेस्तै सुनसरीमा १५, झापामा १४, धनकुटामा आठ, भोजपुर, सोलुखुम्बु, र ओखलढुंगामा सात÷सात, उदयपुरमा पाँच, ताप्लेजुङ, संखुवासभा र खोटाङमा दुई÷दुई तथा पाँचथर, इलाम र तेह्रथुममा एक÷एक जनामा 'हेमोफिलिया' को समस्या रहेको छ । 'हेमोफिलिया' को समस्या रहेकामा कुनै चोटपटक लाग्दा रगत नरोकिने, शरीरभित्र आन्तरिक रक्तश्राव भइरहने, दिसा र पिसावबाट रगत जाने, शरीरमा निलडाम देखिने, जोर्नीहरु दुख्ने, र सुन्निने तथा मांशपेसीमा हुने रक्तश्राव रोकिन गाह्रो हुने चिकित्सकको भनाइ छ ।चिकित्सकका अनुसार 'हेमोफिलिया' 'ए' र 'बी' गरेर दुई प्रकारको हुन्छ । मानव शरीरको रगतमा पाइने १३ प्रकारका प्रोटिन मध्ये रगतमा ८ र ९ औं तत्वको प्रोटिनको कमी हुँदा 'हेमोफिलिया' को समस्या देखा पर्छ ।