-शंकराचार्य हेमानन्द गिरीलाइ हंगेरीका प्रधामन्त्री, उपप्रधानमन्त्रीले दर्शन गरे

शंकराचार्य हेमानन्द गिरीलाइ हंगेरीका प्रधामन्त्री, उपप्रधानमन्त्रीले दर्शन गरे

Hollywood Khabar May 04,2019 Comments

कृष्ण के सी/अमेरिका/५/५/१९

नेपाली माटोमा जन्मेर हुर्कनुभएकी हेमानन्द गिरी संसारको सबैभन्दा पहिलो र आधारशिला मानिने हिन्दुधर्मको उच्च आचार्यपदहरु मध्ये सर्वोच्च शंकराचार्यपदबाट भिभूषित हुनुहुन्छ।

युरोपको भ्रमणमा पुग्नुभएको शंकराचार्य हेमानन्द गिरीलाइ हंगेरीका प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अन्य विशिष्ट ब्यक्ति तथा सर्वसाधारणले दर्शन गरेका छन्।

हलिउडखबरलाइ प्राप्त जानकारी अनुसार उहाँले त्ययाँका प्रधानमन्त्री र उपप्रधानमन्त्रीसँग २ मे मा दर्शनभेट दिनुभएको थियो। अप्रिल २९, २०१९ मा हंगेरीमा भएको हिन्दुधर्मका अनुयायी तथा आस्थावानहरुको आयोजनामा सो प्रवचन र दर्शनभेट कार्यक्रम भएको थियो।

२९ अप्रिलमा हंगेरीको पार्लियामेन्टमा उहाँले महिला नेतृहरुसंग भेटघाट र सर्वदलिय बैठकलाइ संबोधन समेत गर्नु भएको थियो। त्यसैगरी त्यहाँका विपक्ष दल नेता, भारत-हंगेरीफ्रेन्डशिप डिपार्टमेन्ट, भारतीय दुतावासमा भेटघाट, पत्रकार सम्मेलन, रेडियो अंतरबार्ता देखि हंगेरीमा रहेका भारतीय ब्यापारी, ब्यबसायीहरुसंग समेत छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ।

३ मे, २०१९ मा उहाँले सरस्वती फाउण्डेशनका बिधार्थीहरुमाझ बैद्धिक सनातन हिन्दुधर्मका बारेमा प्रवचन दिनुभएको छ। त्यसैगरी ४ मे मा पनि धर्मबारे प्रवचन, जीवन र योगा, पुजा अनि हवन समेत सम्पन्न गर्नुभयो। यसका साथै अन्य भेटघाट सकेर उहाँ ७ मे २०१९ मा स्वदेश फर्कनु हुनेछ।