३१जेठ, वीरगञ्ज ।तिस बर्ष अघिदेखि फरार रहेका हत्यारालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।प्रहरीले हत्या अभियोगमा तिस बर्ष अघि सर्वोच्च अदालतले २० वर्ष कैद सजाय तोकेको बाराको महागढीमाई नगरपालिका–११ मधुरी टोलका वीर बहादुर चौधरीलाई पक्रेको हो ।चौधरीलाई पलट साह सोनारसँग मिलेर २०३९ साल जेष्ठ ०८ गते साविकको मधुरी जब्दी–५ निवासी सुकदेव साह सोनारको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो ।
प्रहरीका अनुसार उनीहरुले सुकदेवलाई घरबाट बोलाई हत्या गरी गाउँ नजिकैको डेरा नदीमा फालेका थिए । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत हेटौंडाले २०४३ साल फागुन १९ गते र सर्वोच्च अदालत काठमाडौको २०४५ साल असोज १७ गतेको फैसलाले २० वर्ष कैद सजाय तोकेको थियो ।चौधरीलाई बारा जिल्ला अदालतमा पेश गरी तोकिएको कैद सजाय भुक्तानको लागि वीरगंज कारागार कार्यालय, पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सिफारिस
एनआरएनएको ११ औं महाधिवेशन तथा बिश्व सम्मेलन, तयारी तिब्र, प्रतिनिधि आउ...
एनआरएनए हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न, पूर्ण रानाको नेतृत्वमा नया...
दक्षिण ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ति लोकपथ ४५ दिन बन्द हुने
गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस, राष्ट्रिय व्यापी हाफ म्याराथन स...