हात्तीको आक्रमणबाट मोटरसाइकलमा सवार बाबु–छोराको मृत्यु

0
shares

by Soni Sharma | Updated: 16 Nov 2019

109 views
-साङ्केतिक तस्बिर

३० कात्तिक, चितवन।चितवनमा जंगली हात्तीको आक्रमणबाट मोटरसाइकलमा सवार बाबु–छोराको मृत्यु भएको छ ।शनिबार माडीबाट  लु३१प २९११ नंको मोटरसाइकलमा बाँदरझुलातर्फ गइरहेका माडी नगरपालिका– १, बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको हात्तीले आक्रमण गर्दा ज्यान गएको  इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिए ।