-किरण कोइरालामाथि आक्रमण गरि हात भाच्दिनेहरुलाई कारबाही गर्ने प्रतिबद्धता

बाँके कांग्रेस सभापतिको हात भाच्नेलाई गर्छु - गृहमन्त्री थापा

Hollywood Khabar September 13,2019 Comments

२८ भदौ, काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँकेमा कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरि हात भाच्दिनेहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।नेपाली कांग्रेस काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै शनिबार सिंहदरबारमा ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारबाही हुने भन्दै घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने बताए ।गृहमन्त्रीलाई कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ ,कांग्रेस ललितपुरका सभापति मदन र कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले  ज्ञापन पत्र बुझाएका हुन् ।