-महासमिति सदस्य हरिबोल भण्डारी

जनसम्पर्क समितिको अधिवेशनमा सबैलाई समेटेर जानुपर्छ:महासमिति सदस्य भण्डारी

Hollywood Khabar February 07,2020 Comments

कृष्ण के सी/अमेरिका/७/८/२०

नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय समितिले आफ्नो तेश्रो अधिवेशन गर्ने मिति तोकेपछि काँग्रेसीहरुमा एउटा भरोसा पलाएको छ।

२७ जनाको उपस्थिति रहेको भनिएको समितिको बैठकमा अध्यक्ष आनन्द बिष्ट सहित २५ जनाले अधिवेशन गर्ने पक्षमा निर्णय गरे। तर दुइजना सदस्यले भने विपक्षमा मत जाहेर गरे। तर पनि बहुमतको निर्णय अनुसार अधिवेशन हुने नै भएको छ। समिति अधिवेशन गर्ने तयारीमा जुटेको छ।

यसै बीच अध्यक्ष आनन्द बिष्टले एक बक्तब्य जारि गर्दै अधिवेशन सफल बनाउन सबैलाई अनुसोध समेत गरेका छन्। अनि अरु संबद्ध व्यक्तिहरुले आ-आफ्नो धारणा दिन थालेका छन्।

यसै क्रममा नेपाली काँगेसको काठमाण्डौ जिल्लाबाट गत १३ औं महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित हरिबोल भण्डारीले पनि आफ्नो धारणा व्यक्त गरेका छन्। भण्डारीले हलिउडखबरसँग कुरा गर्दै भने, नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेसनको विकल्प छैन। पार्टीले पनि त्यहि निर्णय गरेको छ र अधिवेशन समयमा नै हुनुपर्छ। अधिवेशन सम्पन्न गर्न हामी सबैले आ-आफ्नो तबरले सहयोग गर्नुपर्छ। तर यसलाई आपसी विवाद होइन सबैलाई समेटेर सबैको अधिवेशन बनाउनुपर्छ।

जनसम्पर्क समिति र पार्टी सबैको हो। केवल यसमा नेतृत्व कसले लिने भन्ने कुराको निर्णय अधिवेशन र साधारण सभामा निर्वाचनले गर्ने हो। त्यसैले यसमा सबैजना समेटिनुपर्छ। मिलेर जाउँ, अधिवेशन सफल पारौं। यसमा अर्को एउटा कुरा पनि छ। नेपाली काँग्रेस पार्टीले अधिवेशनका लागि प्रतिनिधि तोक्ने छ। अधिवेशन प्रतिनिधितले अधिवेशन कुन बिधान र विधिले गर्ने भन्छन त्यो पनि छिट्टै बाहिएर आउला। तर अहिले नै सबै बाटो बन्द गरेर बस्ने भने होइन। अधिवेशन गर्नुपर्छ र सफल बनाउनुपर्छ। मन नपरेका कुरा राख्न पाउनुपर्छ, सुन्नु पनि पर्छ र मिलेर जानुपर्छ, भण्डारीले भने।