https://www.youtube.com/embed/ttLYAA3rrnQ

हरि र गोबिन्दको जोडी फेरि नेपाली सङितको दोबाटोमा

Hollywood Khabar May 01,2018 Comments

बिश्वासमा छल गरी कस्तो माया लाईयो, हजुर म त तिम्रो नफापेको मान्छे, म शराबी जस्ता दर्जनौ नेपाली हिट गीत दीईसक्नु भएका नेपाली सङीतका सबै भन्दा धेरै फापेको र हिट जोडी गीतकार गोबिन्द प्र उपाध्याय र सङीतकार हरि लम्सालले फेरि एक् पटक दोबाटोमा बोलको गीत बजारमा ल्याउनु भएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने सारै प्रतिभा भएकी नव गायिका रीना अधिकारीको स्वर रहेको सो गीत टुवेल नोट्स मार्फत बजारमा आएको छ। नव गायिका रीना अधिकारी यो आफ्नो पहिलो नेपाली गीत रहेको हामीलाई जानकारी गराउनु भयो। आगामी दिनमा थप गीतहरु समेटेर एल्बम निकाल्ने कुराको पनी जानकारी गराउनु भयो।

गायीका अधिकारीले भन्नुभयो गीतकार उपाध्यायले लेखेका सबै गीतहरु स्रोता दर्शकले असाध्यै मनपराउनु भएकोले यो गीतलाई पनी निस्चय माया गर्नु हुनेछ भन्ने मलाई लागेको छ । मैले मेलोडी गीत बनाउने कोशीश गरेको छु । शब्दहरु मर्मस्पर्शि र सरल भएकोले सङीत पनी त्यही अनुरुप आफुले गरेको कुरा सङितकार हरी ब्यक्त गर्नु भयो। नव गायिकाको स्वरमा सारै मिठास छ। स्रोताहरुले वहाको स्वरलाई मन पराउने छ भन्ने मलाई लाग्छ हरिले भने।

यो गीतको सङीत सम्योजन महाराज थापाको छ । युवा निर्देशक निकेश खड्काले निर्देशन गर्नु भएको छ। विडियोको कथा बस्तु पनी सारै मार्मिकछ। मैले केहि नौलोपन दिने कोशिश गरेको छु निर्देशकले ब्यक्त गरे। बिडोयोमा अभिनय रीमा बिस्वकर्मा र आकाश श्रेस्ठको रहेको छ। यो बिडियोको एडिटर बिकाश धमला हुनुहुन्छ भने क्यामरा बुद्ध थापा र समुहको छ।