-Diksha Basnet

ह्यापी भ्यालेन्टाइन डे

Hollywood Khabar February 12,2019 Comments

-दिक्षा बस्नेत खप्तडी, अमेरिका, फेब्रवरी १३, २०१९

गुलाब, होईन गुंराससँग प्रीति लगाउनेलाई
चेरी भन्दा, काफलसँग परिचित्त हुनेलाई
अटल बिश्वासका धनी ती हिमालहरु
प्रकृतिका प्रतिमुर्ति रारा, फेवा, मुगू
सबै सबै सम्झिदै आज
धेरै युद्धहरु बिचैमा छोडेर, परदेश लागेका
तर शरिरभरी चन्द्र सुर्य, ओढेर हिडेका !

अनि
मुटुमा सुन्दर त्यो, नेपाल बोकी हिड्ने
सम्पुर्ण, आ-प्रबासी मित्रहरुहरुलाई
ह्याप्पी भ्यालेनटाइन डे !!

शब्द शब्दमा पोखिएर
अर्थपूर्ण बाक्य बनाउन सिकाउने
तोते र तातेमा बर्णमाला घोकाउने
थाकेको अनुहार बिर्सिएर
काखमा राखी दशधारा रसाउदै
पसिना संग जिउन सिकाउने !!!

अनि
त्यो अनुहार भरीको
मुस्कान पोखिदिएर
न्यानो वात्सल्य बाड्दै
मलाइ,निस्वार्थ माया छरीरहने
मेरी आमालाई
ह्याप्पी भ्यालेन्टाइन डे !!!!

नब्बे बर्षको उमेरमा
जिबनको पहाडी थुम्कोमा
उभिदै, पलास झैँ मुस्काराउने
धेरै हिउद र शरद पिउदै
जिबनको मुलबाटो पहिल्याउदै
हिर्दयको उचाइमा पुग्न सिकाउने
कुनै कथाको सफल पात्र झैँ
अटल बिश्वासका धनी
मेरो बाबालाई
ह्याप्पी भ्यालेन्टाइन डे !!!!!

अनि
अल्पबिराम जस्तै आधा जिन्दगीमा
भेटिएका मित्रहरु
कत्तिलाई उछिनियो, कत्ति होलान पछाडी
उभिएर प्रश्न गर्छु ?
पाइला पाइलामा आफैलाई
कोहि मित्र दयालु, कोहि होलान निर्दयी
कोही होलान खुट्टा तान्ने
कोही होलान सारथी !!!!!!

तर, जे भोगियो, जे सिकियो
भोगाउने र सिकाउने
सबै मित्रहरुलाई
ह्यापी भ्यालेन्टाइन डे !!!!!!!!