तस्बिर साभार वेब

हनुमन्ते सफाइ अभियान:८१ औं हप्तामा निरन्तर,दुई टन फोहर व्यवस्थापन

Hollywood Khabar September 13,2019 Comments

२९ भदौ,भक्तपुर।हनुमन्ते नदी सफाइ अभियानको ८१औं हप्तामा हिजो शनिबार भक्तपुरको गट्ठाघर चोकदेखि कौशलटार चोक सम्मका सडकको दायाँबायाँ रहेका फोहर हटाइएको छ।अभियान अन्तर्गत सडक दायाँबायाँको फोहर हटाउनुका साथै सडकका पोल र भित्तामा अव्यवस्थितरूपमा टाँगिएका विज्ञापनका सामग्रीसमेत हटाइ दुई टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिनुभयो।    

नेकपाका नेता एवं सांसद महेश बस्नेतको अगुवाइ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको संयोजनमा शुरु भएको अभियान १०० हप्तासम्म निरन्तर जारी राख्ने बताइएको छ । हनुमन्ते सफाइ अभियानले डेङ्गु रोग नियन्त्रण अभियानसमेत सञ्चालन गरेको छ ।