-स्वदेश फर्किए राष्ट्रपति हमिद

बङ्गलादेशका राष्ट्रपति हमिद स्वदेश फर्के

Hollywood Khabar November 14,2019 Comments

२९ कात्तिक, काठमाडौँ।बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी आज  स्वदेश फर्केका छन् ।राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गरेकी छन् ।हमिदको बिदाइमा गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको पनि उपस्थित थिए ।

हमिदको बिदाइमा  नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो ।बिदाइमा पनि सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए भने बालबालिकाले नेपाल र बङ्गलादेशको झण्डा फहराएर  बिदाइ गरेका थिए ।
 
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आएका हमिदले नेपाल भ्रमणका क्रममा राष्ट्रपति भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंग शिष्टाचार भेट गरेका थिए ।तेस्तै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालेपनि हमिद सँग शिष्टाचार भेट गरेका थिए ।हमिद नेपाल बसाइका क्रममा  भक्तपुर दरबार स्क्वायर,पोखरा तथा चन्द्रागिरि पुगेका थिए ।