-नेपालका रास्ट्रपति भण्डारीका साथ् बङ्गलादेशका राष्ट्रपति हमिद

बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै

Hollywood Khabar November 12,2019 Comments

२८कार्तिक,पोखरा।बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज  पोखरा जाँदै छन्।राष्ट्रपति हमिद बिहीबार बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए।राष्ट्रपति हमिदलाइ पोखरा विमानस्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नेछन् ।

राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाउने छन् भने पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्नेछन् ।पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले  फेवातालमा जलविहार गरि नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गरि आजै काठमाडौँ फर्कनेछन् ।