Hami Nepali Inauguration, Picture from Tek Lama Waiba

विश्व नेपाली समुदायका लागि नयाँ संस्था हामी नेपाली ग्लोवलको उद्घाटन

Hollywood Khabar November 24,2018 Comments

संयुक्त राज्य अमेरीकाको न्युयोर्कमा राजनीति, धर्म र जातबाट मुक्त सामाजिक संस्था हामी नेपाली ग्लोवलको औपचारिक रुपमा उद्घाटन सम्पन्न भएको छ ।

न्युयोर्कको क्विन्स पब्लिक लाइब्रेरीमा आयोजित उद्घाटन समारोहमा अमेरीकाका २१ राज्य, युरोप तथा मध्यपूर्वका करीब १० राष्ट र क्यानडाबाट उल्लेखनिय सहभागिता रहेको थियो।

करीब ३ सयको सहभागिता रहेको उद्घाटन समारोहलाई Congresswoman Grace Meng ले सुभारम्भ भएको संस्था हामी नेपाली ग्लोवललाई बिशिष्ट अवार्ड प्रदान गर्दै नोभेम्वर २४ लाई "हामी नेपाली डे" का रुपमा मनाउन प्रस्ताव गरेकी थिइन । उनले हामी नेपाली डेका लागि यो समय के कति उर्पयुक्त हुन्छ सो बारे छलफल गरि निर्णय गर्न सुझाउँदै समाज र समुदायका लागि हामी नेपालीले अघि सारेका योजनाहरु सफल होस भनि शुभकामना दिएकी थिइन्। विधिवत उद्घाटन समारोहमै संस्थाको उज्ज्वल भविष्यको कामना गर्दै न्युयोर्कका ६ भिन्दै अफिसियलहरुद्धारा हामी नेपाली ग्लोवलले भिन्दा-भिन्दै संस्थागत अवार्डहरु प्राप्त गरेको छ।

कार्यक्रममा Grace Meng, Assemblymen Michael DenDecker, Councilman Costa Constantinides, Recognizing from NY Governor-Andrew Cuomo, Councilman Daniel Dromm and Congressman Joseph Crowley द्धारा अवार्ड प्रदान गरिएको थियो ।

समारोहमा नेपाली महावाणिज्य दुतावासका उप महावाणिज्यदुत पुष्पराज भट्टराई, वाणिज्यदुत कृषु क्षेत्री, विभिन्न संस्थाका प्रतिनिधिहरु, शिक्षाविद्, संचारविद्, व्यवसायी, अधिकारकर्मी, पत्रकार लगायत साउथ एसियन समुदायको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष अमृत लामा सहित कार्यसमितिका पदाधिकारी, बोर्ड सदस्य तथा संस्थापक सदस्यहरुलाई हामी नेपाली अंकित पिन तथा प्रमाण पत्र प्रदान गरिएको थियो।

२०० भन्दा धेरै संस्थापक सदस्यहरु रहेको हामी नेपाली ग्लोवलको उद्घाटन सत्रलाई भब्य बनाउन बिश्व दौडाहामा निरन्तर लागिरहेको क्यानेडेली नेपालीहरुको समुह हिमालयन भाइब्सले मौलिक नेपाली गीत संगीत प्रस्तुत गरेको थियो । ३३ वटा मादल एकैपटक बजाउन खप्पिस सानुराजा मर्हजन र बोष्टनका प्रख्यात सारंगीवाद्क श्याम नेपालीको फ्यूजन प्रस्तुतीले कार्यक्रमको महिमा उच्च बनाएको थियो।

नवगठित हामी नेपाली ग्लोवलको अन्र्तराष्टिय समितिको अध्यक्षमा अमृत लामा, प्रथम उपाध्यक्षमा नवराज केसी, द्धितिय उपाध्यक्षमा नारायण पुरी, तृतिय उपाध्यक्षमा टेक लामा वाइवा, महासचिवमा मंगल दाश श्रेष्ठ, सचिवमा शंकर खड्का, कोषाध्यक्षमा रविन बज्राचार्य र सहसचिवमा पेमा यांजी लामा रहहेका छन्। त्यस्तै, बोर्ड अफ डाइरेक्टरमा उद्धव गिरी, पदम ठकुराठी, ढ्याग्लेपो पुनेल, घनेन्द्र ढकाल, टासी लामा, राधा शर्मा, अर्जुन खड्का, शैलेन्द्र श्रेष्ठ, खाम लाल भट्ट, प्रदीप तिमिल्सिना, थम प्र. वास्तोला र चिरञ्जिवी गौतम छन्।

हामी नेपाली ग्लोवलमा ४ एम्वासडर, ३२ काउन्सिलर, संचार, कानून, स्वास्थ्य, सांस्कृतिक, रिसोर्स, ह्यूमन केयर, आइटी, खेलकुद, तालिम, क्रियटिभ डिजाइन, जनसम्पर्क विभागहरु, महिला संयोजक र युवा संयोजक रहेका छन् ।