हैरान्स कपको आइतबारको खेलमा फ्रेन्ड्स र व्यास युवा क्लव विजयी

Hollywood Khabar January 28,2017 Comments

दमौलीमा जारी तनहुँ जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको नवौं हैरान्स कपकोआइतबार भएको खेलमा फ्रेन्ड्स युवा क्लव बेलचौताराले जित हासिल गरेको छ। तीन जना विदेशी खेलाडी समावेश गरेको फ्रेन्ड्स युवा क्लवले ७–० को फराकिलो गोल अन्तरले दमौलीस्थित  रिभरसाइड युवा क्लवलाई पराजित गरेको छ । फ्रेन्ड्स युवा क्लवको तर्फबाट जर्सी नम्बर १० का उचेले ५ गोल गरेका थिए भने जर्सी नम्बर ११ का विके गुरुङ्गले २ गोल गरेका थिए ।
आजै भएको व्यास युवा क्लव र काहुँमिलन युवा क्लव झापुटार बिच भएको खेलमा व्यास युवा क्लव विजयी भएको छ । व्यास युवा क्लव ३–० गोल अन्तरले विजयी भएको हो । खेलमा व्यास युवाका जर्सी नम्बर १० का टंकु लामाले ३ गोल गरेका थिए।
 प्रतियोगिताको विजेताले नगद १ लाख ६५ हजार १ सय ११ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सेमिफाइनलष्टि चार टिमलाई समेत नगद २५÷२५ हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी, उच्च गोलकर्तालाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।फाइनल खेल २२ गते शनिबार हुनेछ।