-माईतीघर मण्डलामा गुठी विधेयक खारेजीको माग गर्दै

गुठी विधेयक खारेजीको माग गर्दै उर्लियो मानव सागर 

Hollywood Khabar June 18,2019 Comments

४ असार,काठमाडौं । गुठी विधेयक खारेजीको माग गर्दै माईतीघर मण्डलामा मानव सागर उर्लिएको छ।सरकारले राष्ट्रिय सभामा दर्ता गराएको गुठी विधेयकको विरुद्धमा बुधबार विभिन्न संघर्ष समितिहरुको आयोजनामा माईतीघर मण्डलामा मानव सागर उत्रिएको हो।सरकारले परम्परादेखि चलिआएको धर्म संस्कृतिमाथि प्रहार गर्दै गुठी विधेयक  ल्याएको भन्दै उक्त विधेयक फिर्ता नभई खारेजीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।