-गुठी विधेयकको विरोधमा भएको प्रदर्शनमा प्रहरीको धरपकड

गुठी विधेयकको विरोधमा भएको प्रहरी धरपकडको नैतिक जिम्मेवारी लिन्छु -गृहमन्त्री थापा

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ, काठमाडौं।गृहमन्त्री राम बहादुर थापाले गुठी विधेयकको विरोधमा आइतबार भएको प्रदर्शनमा प्रहरीको धरपकडको नैतिक जिम्मेवारी लिने बताएका छन्।प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिककामे अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको भन्दै धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका हुन्।गुठी विधेयकको विरोधमा आइतबार भएको प्रदर्शनमा प्रहरीले पानीको फोहरा हान्नुका साथै धरपकड गरेको थियो ।गृहमन्त्रीले शान्ति पुर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकार लोकतान्त्रिकको अधिकारमा नपर्ने बताए।