प्रधानमन्त्री ओली

गुठी विधेयकबारे परामर्श गर्न प्रधानमन्त्री ओलीले उपत्यकाका जनप्रतिनिधीहरुको बैठक बोलाए

Hollywood Khabar June 16,2019 Comments

२ असार, काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे परामर्श तीव्र बनाएका छन्। साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका प्रधानमन्त्री ओलीले छलफल थालेका हुन्।सोमबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी थिइन्।

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाएका छन्।सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु विधेयक फिर्ता लिनुपर्ने पक्षमा छन्।एक सांसदले भने, ‘त्यसअनुसार नै निर्णय आउने सम्भावना छ।’