सात महिनाकी गर्भवतीको झुण्डिएको अवस्थामा शव फेला

0
shares

by Soni Sharma | Updated: 22 Jun 2019

74 views
-सांकेतिक तस्विर

८,असार,दार्चुला।दार्चुलामा सात महिनाकी गर्भवतीको झुण्डिएको अवस्थामा शव फेला परेको छ।व्याँस गाउँपालिका–५ धौलाकोटकी  २० वर्षीया कमला धामी कोठामै झुण्डिएको अवस्थामा भेटिएकि हुन्। शनिबार घरमा सबैलाई खाना पस्किएर कोठामा पसेकी धामीको  झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक रविन्द्र कठायतले  बताए।