-जीपी फाउन्डेशन क्यानडाको कार्यसमिति बिस्तार

जीपी फाउन्डेशन क्यानडाको कार्यसमिति बिस्तार

Hollywood Khabar January 25,2020 Comments

प्रेस विज्ञप्ति: January 26, 2020

जीपी फाउन्डेशन क्यानडाका प्रेसिडेन्ट तुल्सी पौडेलको सभापतित्वमा हिजो बसेको केन्द्रिय कार्यसमितिको बैठकले गणतन्त्र नेपालका प्रणेता आदरणीय पूर्वप्रधानमन्त्री स्व:गिरीजा प्रसाद कोइरालाले नेपालको विकाश, शान्ती तथा द्वन्द ब्यबस्थापन र गणतन्त्र स्थापना गर्न पुराउनु भएको योगदानको उच्च कदर गर्दै वहाँको पुण्य स्मृतीको अवसरमा आगामी मार्च महिनामा दशौ स्मृती दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ।

साथै, सङ्गठनलाई अझै प्रभावकारी बनाउने उदेश्यले हालरहनु भएका केन्द्रिय समितिका साथीहरुलाई यथावत राख्दै देहाय बमोजिमका महानुभाबहरुलाई थप जिम्बेवारीका साथ केन्द्रिय सदस्यमा मनोनित गरिएको ब्यहोरा अबगत गराउदछु।

उहाहरु नेपालमा रहदा नेपाल विधार्थी संघ तथा नेपाली काङ्रेसको बिभिन्न तह र तप्कामा रही आफुले पाएका जिम्मेवारीहरु इमान्दारिताका साथ निर्बाह गरेको व्यहोरा पनि संक्षिप्तमा जानकारी गराउदछु।

१. सुर्य सापकोटा (मिसिसागा)-वरिष्ट केन्द्रिय सदस्य

३ . प्रमेश गुप्ता (मन्ट्रियल)- क्यूबेक संयोजक तथा केन्द्रिय सदस्य

२ . रामकृष्ण रेग्मी(ब्राम्पटन) - प्रवक्ता तथा केन्द्रिय सदस्य

नेपाली जनसम्पर्क समिति क्यानडाका पूर्व केन्द्रिय सदस्य सुर्य सापकोटा ग्रेटर टोरोन्टो क्षेत्र अन्तर्गत मिसिसागा क्षेत्रबाट निर्बाचित भै २०१७-१९ मा एनआरएन क्यानडाको कोषाध्यक्षको रुमपा सफल जिम्बेवारी समेत पुरा गर्नुभएको थियो।

साथै, नवनियुक्त केन्द्रिय सदस्य प्रमेश गुप्ता नेपाली समाज क्यूबेक (ANQ) को वर्तमान अध्यक्ष हुनुहुन्छ भने क्यानडाको राष्ट्रिय राजनीतिमा लिवेरल पार्टीको तर्फबाट (Board of Director at Large, Liberal Party of Canada) सक्रिय हुनुहुन्छ।

त्यस्तै, रामकृष्ण रेग्मी विगतमा जिल्लास्तरमा नेविसंघको राजनीति (धौलागिरी इकाई उपाध्यक्ष) गर्ने देखि रोटरी इन्टरनेशनल ३२३२ मा सचिवको समेत जिम्बेबारी पुरा गर्नुभएको थियो। पूर्व हाईस्कूल प्रिन्सिपल रेग्मी नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुरुस्कार २०७१ ले विभुषित समेत हुनुभएको थियो । वहाँलाई सँस्थाको प्रवक्ताको समेत जिम्बेवारी दिईएको छ ।

नवनियुक्त साथिहरुले संस्थाको मूल मर्म र सिद्दान्तलाई अनुशरण गर्दै यससँस्थालाई अझै प्रभावकारी वनाउने कार्यमा दृढ सङ्कल्पका साथ लाग्नु हुनेछ भन्ने पूर्ण आशाका साथ कार्यसमितिमा हार्दिक स्वागत गर्दै सफल कार्याकालको शुभकामना व्यक्त गर्दछौ ।

जय नेपाल

विद्याभुषण कार्की

महामन्त्री, जीपी फाउन्डेशन क्यानडा