-जिपि कोइराला फाउण्डेशन क्यानाडाले जिपी कोइराला ९ औं स्मृति दिवस मनाउने

जिपिके फाउण्डेशन क्यानाडाले जिपी कोइरालाको ९ औं स्मृति दिवस मनाउँदै

Hollywood Khabar March 15,2019 Comments

कृष्ण के सी/अमेरिका/३/१६/१९

जिपि कोइराला फाउण्डेशन क्यानाडाले जिपी कोइराला ९ औं स्मृति दिवस मनाउने भएको छ।

नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति स्व गिरिजा प्रसाद कोइरालाको नाममा जिपि कोइराला फाउण्डेशन स्थापना भएको हो।

जिपि कोइराला फाउण्डेशन क्यानाडा यसैको एउटा शाखा हो। जिपि कोइराला फाउण्डेशन क्यानाडाका महासचिव बिध्या भुषण कार्कीबाट हलिउडखबरलाइ प्राप्त प्रेस विज्ञप्ति अनुसार जिपि कोइरालाको ९ औं स्मृति दिवस कार्यक्रम मार्च २४, २०१९ दिनको १:३० बजे हुनेछ। स्मृति दिवस Everest Taekwando Hall, 158 Kennedy Rd, Brampton मा आयोजना गरिएको उल्लेख छ।

नेपाली काँग्रेसका पूर्व सभापति तथा सम्माननीय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९ औं स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको प्रजातन्त्र, शान्ति र विकाशमा वहाँले पुराउनु भएको योगदानको उच्च सम्मान गरिनेछ बताइएको छ।

फाउण्डेशनले कार्यक्रममा क्यानडास्थित नेपाली राजदुताबास, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा, नेपाली जनसम्पर्क समिति क्यानाडा लगायत सबै संघ-संस्थाका प्रमुख, प्रतिनिधिहरु तथा सबैको सहभागीताको लागि निमन्त्रणा गरेको छ।