https://www.youtube.com/embed/d_vwIWMxIig

गीतकार गोबिन्द प्रसाद उपाध्यायको तीज गीत

Hollywood Khabar July 20,2017 Comments

तीज आउन अझै एक महिना बाँकी छ। महिलाहरुको महान् चाँडको रुपमा मनाइने यो पर्बमा गीत संगीत को पनि आफ्नै स्थान रहदै आएको छ । तीज नजिकदै गर्दा यस सँग सम्बन्धित थुप्रै गीत संगीतहरु आउने क्रमहरु जारी छ। जसको म्युजिक भिडियोहरु निर्माण पनि तिब्र रुपमा भइरहेको छ। नेपाली सुगम सङितका अत्यन्तै चर्चित र कर्णप्रिय सब्दका धनी गीत रचनाकार गोबिन्द प्रसाद उपाध्यायको तीजको गीत पनि बजारमा आएको छ।
रातो सारी भुईमा लरर
मेरो पछेउरी उड्यो सरर
यी माथीका शब्दहरु नेपाली तीज गीत को मौलीक स्वरुपलाई छर्लङ पार्दछ। शब्द गोबिन्द प्रसाद उपाध्याय र संगीत रेखा पौडेलको रहेको छ । हामी सङको छोटो कुराकानी गीतकार उपाध्याय भन्नुहुन्च; रतौली पाराका तीज गीतबाट वाक्क भएका नेपाली दिदी
बैनीहरुलाई यो गीतले निस्चय पुराना मौलीक तीज गीतको प्यास मेटाउने कुरामा म बिस्वस्त छु। नरेश वीर सिंह र दिपकमान सिंहले निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित मोडेल रञ्जिता गुरुङले छमछम् नाचेकी छिन् । दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेको भिडियोमा बासु न्यौपानेको छायांनकन रहेको छ ।