गोबिन्द वल्लभ पन्त स्मृति नेफ्सा अवार्ड

खाध प्रबिधिका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत हुने

Hollywood Khabar October 07,2018 Comments

त्रिभुवन बिश्वबिधालय र पुर्बान्चल बिश्वबिधालयका दुई उत्कृष्ट विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिँदै आएको गोबिन्द वल्लभ पन्त स्मृति नेफ्सा अवार्ड प्रदान गरिने।

यस वर्ष त्रिभुवन विश्वविद्यालयका प्रसान्त दाहाल र पुर्वाञ्चल विश्वविद्यालयका संजय कार्कीलाई पुरस्कृत गर्ने घोषणा गरिएको छ। गोबिन्द वल्लभ पन्त स्मृति ट्रष्टका उपाध्यक्ष हरिहर गुरागाईले ट्रस्टका तर्फ बाट घोषणा गर्दै यो एवार्ड यसै हप्ता काठमाडौंमा प्रदान गर्ने जानकारी गराएका हुन।

नेपाल भरका खाद्य प्रबिधि अध्यापन गराइने कलेजहरुबाट बि . टेक. खाध प्रबिधीका उत्कृष्ट बिद्यार्थीहरु मध्य त्रिभुवन बिश्वबिधालय बाट १ जना र पुर्बान्चल बिश्वबिधालयबाट १ जना उत्कृष्ट बिधार्थीलाई यो एवार्ड बाट पुरस्कृत गर्ने गरिएको छ । ट्रस्ट ले नेपाल खाध प्रबिधी बिद्यार्थी संघ (नेफ्सा) को सहयोगमा यो पुरस्कार संघका दोश्रो अध्यक्ष स्व. गोबिन्द बल्लभ पन्तको स्मृतिमा स्थापना गरेको हो ।