तस्बिर साभार वेब

गोरु जुधाइ परम्परालाई निरन्तरता दिदै नुवाकोटमा माघे सङ्क्रान्ति मनाए

Hollywood Khabar January 14,2020 Comments

१ माघ नुवाकोट।नुवाकोटमा माघे सङ्क्रान्तिका अवसरमा गोरु जुधाइ परम्परालाई निरन्तरता दिदै नुवाकोटवासीले यो वर्ष नुवाकोटका विभिन्न ६ ठाउँमा गरी ५० हल गोरु जुधाएर माघे सङ्क्रान्ति मनाए ।   

गाउँमा विभिन्न ठाउँमा छरिएको गोरु जुधाइ परम्परालाई तारुकाले २०६२ सालबाट एकै थलोमा जुधाउन थालेपछि नुवाकोटमा गोरु जुधाइको रौनक छाएको छ । तारुकाले गरेको परम्पराको संरक्षणको सिको गर्दै आज माघे सङ्क्रान्तिका दिन नुवाकोटका ६ ठाउँमा गोरु जुधाइँएको थियो ।   

तारकेश्वर गाउँपालिकाको तारुका, विदुर नगरपालिकाको बेत्रावती, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङ, लिखु गाउँपालिकाको कट्टिछाप, तादी गाउँपालिकाको सातविसे र शिवपुरी गाउँपालिकाको शेराबगरमा गोरु जुधाईएको थियो ।