शिक्षकले मरणासन्न हुने गरि कुट्दा १० वर्षीय बिधार्थी घाइते 

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

129 views
- घाइते १० वर्षीय बालक

१० असार,गोरखा।गोरखाको सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षकले कुटेर घाइते बनाएकी छन्।सोमबार गोरखा  नगरपालिका ११ स्थित  जोसेफ स्कुलकि विज्ञान विषय पढाउने  शिक्षक मनिषा मगरले  पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई किताब नल्याएको भन्दै फलामको रुलरले कुटेर शरीर भरि निल डाम बनाइदिएकि हुन्।शिक्षकको कुटाइबाट ढाड, हातमा जताततै निलडामभएपछी  बान्ता गरेका श्रीयन्स लाई गोरखा जिल्ला अस्पतालमा उपचार गरिएकोआमा सुजना श्रेष्ठले जानकारी दिइन्।आफ्ना छोरालाई निर्घात कुट्ने शिक्षिकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बालककी आमा श्रेष्ठले बताइन्।