-भूकम्प

गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गयो 

Hollywood Khabar September 19,2019 Comments

४ असोज,काठमाडौं।गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टरस्केलको भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रले गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर  बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको हो ।भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।२०७२ वैशाख १२ गते गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो ।