-सांकेतिक तस्विर

प्रहरीद्वारा गोंगबु नयाँ बसपार्कमा छापा २८ जना नियन्त्रणमा

Hollywood Khabar May 15,2019 Comments

३ जेठ, काठमाडौं ।नेपाल प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रबाट २८ जनालाई नियन्त्रणमा लिएको छ।महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टबाट अनैतिक क्रियाकलाप गर्ने १५ पुरुष र १३ महिला गरि २८ व्यक्तिलाई बिहीबार नियन्त्रणमा लिएको हो।प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले गोंगबु स्थानीयको गुनासोका आधारमा प्रहरीले छापा मार्दा अनैतिक क्रियाकलाप गरेको भेटिएको बताए ।