सुनसरीमा लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान

Hollywood Khabar January 29,2017 Comments

सुनसरीको खनारमा लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान हुँदा ३ जना घाइते भएका छन्।लागूऔषध कारोबारीको समूहले प्रहरीमाथि गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली चलाएको जनाएको छ।इटहरीको खनारस्थित सुनसरी मोरङ सिंचाई आयोजनाको नहरनजिक गोली चल्दा लागूऔषध कारोबारी घाइते भएका हुन् । 
घाइते हुनेमा लागूऔषध कारोबारी मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ।आपराधिक गतिविधिमा समेत संलग्न लागूऔषध कारोबारी रहेको सूचनाका आधारमा प्रहरी सो स्थानमा पुगेको पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेले बताउनुभयो।घाइतेलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।प्रहरीले घटनास्थलमा हतियारसहित कोरेक्सलगायतका लागूऔषधि फेला परेको छ ।