-गोदावरी धाम, गोदावरी, ललितपुर्

गोदावरी नगरपालिकाका नागरिकलाइ नि:शुल्क कोभिड १९ को पिसीआर परीक्षण

Hollywood Khabar October 20,2020 Comments

सन्तोष दाहाल, ललितपुर

गोदावरी नगरपालिकाका नागरिकहरुले नि:शुल्क रुपमा कोरोना भाईरस डिजिज (कोभिड १९) को पिसीआर परीक्षण गराउन पाउने भएका छन्।

नगरपालिकाले टिकाभैरवमा रहेको आनन्दवन अस्पताल संगको सहकार्यमा लक्षण देखिएका व्यक्तिका सम्पूर्ण परिवारलाई नै नि:शुल्क रुपमा परीक्षण गर्ने व्यवस्था मिलाईएको नगरप्रमुख गजेन्द्र महर्जनले बताए।

संघीय सरकारले कोरोनाको उपचार गर्ने तथा अन्य जिम्मेवारीबाट विस्तारै हात झिकिरहेका बेला स्थानीय तहले नै यसको सम्पूर्ण जिम्मा लिएको र यही नै संघीयताको सुन्दर अनि उच्चतम अभ्यास भएको मेयर महर्जनको भनाई छ। आनन्दवन अस्पतालमा परीक्षण गराएका सबैको सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोर्नेछ। मेयर महर्जन आफैं पनि कोरोना संक्रमण भई १६ दिन होम आईसोलेसनमा बसेर सङ्क्रमणमुक्त भईसकेका छन्।

साथै नगरपालिकाले कोरोना संक्रमितको उपचारको लागि आनन्दवन अस्पताल, बज्रबाराही सामुदायिक अस्पताल तथा बडिखेलमा स्थापना स्थापना गरिएको नगरस्तरीय आईसोलेसनमा व्यवस्था गरिएको छ ।