गोदार थापाहरु संगठित रुपमा लागे, राष्ट्रिय सेवा केन्द्रको स्थापना

Hollywood Khabar July 27,2018 Comments

सुरेश थापा/ललितपुर
देशै भरी छरिएर रहेका गोदार थापाहरुलाई एकीकृत गर्ने अभियानलाई तिव्र बढाउन विनोद गोदार थापाको प्रयासमा गोदार थापा राष्ट्रिय सेवा केन्द्र काठमाडौको स्थापना भएको छ।

उहाँले आफू विद्यार्थीकालमै आफ्नो वंशावलीको खोजिमा विभिन्न जिल्लामा गई नामावली सङ्कलन गरि किताब पनि प्रकाशन गर्नु भएको थियो। आफू जन्मेकै वंसको हितको लागि भएको बताउने उहाँले केन्द्रीय कार्यालयलको लागि कोटेश्वरमा  एक कोठा उपलब्ध गराउनु भएको छ।

एउटै वशं भए पनि एक आपसमा अपरिचित रहनु ठूलो दुर-भाग्य भएको भन्दै विनोद गोदार थापाले आफू संस्थापक अध्यक्ष रहने गरी केन्द्रीय अध्यक्ष ललितपुर निवासी श्री कृष्ण कुमार गोदार थापाको नेतृत्वमा ७ सदस्य पदाधिकारीहरुको समन्वयमा काठमाडौं  महानगरपालिकामा दर्ता गर्नु भएको हो।

देशको एेतिहासिक कालखण्डमा गोदार वंशहरुले ठूलो योगदान दिएको स्मरण गर्दै सुख दुखमा साथ दिन र एउटै रगतको नातालाई अब राष्ट्रियरुपमा केन्द्रीकृत गर्दै नियमित सम्पर्क हुन सांगठनिक रुपमा लाग्नु पर्ने महशुस गर्दै विभिन्न जिल्लामा उपसमिति गठन पनि गरिसकेको छ।

ललितपुर, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, भक्तपुर जिल्लामा उपसमिति गठन गरिसकेको छ। यो संस्थाले पहिला ३ नं प्रदेशको सबै जिल्लामा समिति गठन गरिसके पछि प्रदेश भेला पनि  गर्ने योजना बनाएको छ।

निकट भविष्यमा सबै जिल्लामा र प्रदेशमा समेत समिति गठन गर्ने गरि निरन्तर अभियानमा लाग्ने संस्थापक अध्यक्ष विनोद गोदार थापाले बताएका छन्। कुनै पनि दलीय, धर्म, गुण,  वर्ण स्वार्थभन्दा माथि उठेर वंशको हितमा लाग्ने यश संस्थाको मुख्य उधेश्य गोदार थापा राष्ट्रिय सेवा केन्द्रको रहेको छ।