-चौथो ग्लोबल नेपाली फिल्म अवार्ड सान फ्रान्सिस्कोमा हुँदै नेपाल र अमेरिकाका नेपाली कलाकारहरु एकै ठाउँमा

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड सान फ्रान्सिस्कोमा हुँदै नेपाल र अमेरिकाका नेपाली कलाकारहरु एकै ठाउँमा

Hollywood Khabar November 18,2019 Comments

पवन पौडेल/सान फ्रान्सिस्को/११/१९/१९

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९’ यसपटक अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुन गैरहेको छ।

नोभेम्बेर ३०, २०१९ का दिन चौथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ हुने भएको छ। त्यसैगरी डिसेम्बर १, २०१९ मा बिहान ११ बजेवाट नेपाल डे परेड र सोही दिन बेलुका क्रुजपार्टीको आयोजना समेत हुँदैछ। भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्राउने अवार्ड र परेडको उद्देश्य रहेको आयोजकहरु बताउछन्।

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी युसए, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसी युसए यस कार्यक्रमका मुख्य आयोजक हुन। हिमालयन फाउन्डेसन कोर्प र ८८४८ मिडिया हाउस एलएलसी सह आयोजक रहेका छन।

ग्लोबल नेपाली फिल्म अवार्डमा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने हुनाले नेपाली सिनेमा भिलेज टु ग्लोब नारा सहित नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थामध्येका एक यज्ञलाल श्रेष्ठ बताउनुहुन्छ।

यस कार्यक्रमलाई नेपाली फिल्मकर्मीहरुलाई सम्मान, नेपाली फिल्मलाई अमेरिकि डायस्पोरामा प्रबद्र्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रबर्धन, कलाकार पुनर्मिलनको अवसरको रुपमा पनि हेरिएको छ।

हाल अवार्डको तयारी तीव्र रुपमा चलिरहेको र नेपालबाट आउने कलाकारहरुको सुनिश्चितता बढदै गइरहेको जानकारी पनि प्राप्त भएको छ । बर्कलीको युसी थिएटरमा चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ पहिलो पटक हुन लागेको नेपाली कार्यक्रममा नेपाल बाट सुप्रसिद नायक नायिका निर्माता हरु तथा कलाकारहरुको बाक्लो उपस्थिती रहनेछ।

नेपालबाट महानायक राजेश हमाल, शिव श्रेष्ठ, भुवन के सी, अनमोल केसी, बरिस्ठ कलाकार निर शाह, नायिका के की अधिकारी, हास्यकलाकार सन्दिप छेत्री, सैलेन्द्र सिम्खडा, बरिस्ठ गायक सम्भुजित बस्कोटा, गायिका अन्जु पन्त, कलाकार तथा निर्देशक दिपाश्री निरौलाको उपस्थिती सुनिश्चित भईसकेको छ। कार्यक्रममा भरपुर मनोरन्जन सामाग्रीहरु हुनेछन, गायन, न्रित्य र कमेडी फिल्म अवार्डको मुख्य आकर्शण रहनेछन। ग्लोबल नेपाली फिल्म अवार्डमा अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन।

७०० सीट क्षमता भएको हलमा हुँदै गरेको कार्यक्रमको तिब्र तयारीको साथ साथै टिकट बिक्री बितरण पनि द्रुत गतिमा भईरहेको जानकारी प्राप्त भईरहेको छ। उक्त कार्यक्रमबाट हुन आएको मुनाफा बे एरियामा बन्ने सामुदायिक भवन केन्द्रलाई सहयोग गरिने घोषणा पनि आयोजक संस्थाहरुले बताएका छन। बे एरियाका सम्पुर्ण संघसंस्थाहरु, सामाजिक अगुवा र अभियान्ताहरु, बे एरियाका सम्पुर्ण युवाहरु कार्यक्रम सफल बनाऊन दिलोज्यानले लागिपरिरहेको पनि जानकारी प्राप्त भएको छ।