https://www.youtube.com/embed/gkUZ6_IM-hU

गीता पाइजाको कुवापानी गाउँ सार्वजनिक

Hollywood Khabar February 23,2018 Comments

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले बिभिन्न ठाउँको मौलिकता बोकेका गीत गाउँने क्रममा सुमधुर स्वरकी धनी गायीका गीत पाईजाको आवाज रहेको अर्को त्यस्तै मौलीकता बोकेको नयाँ गीती कोशेली भर्खरै मात्र बजारमा आएको छ। राजकुमारी पाईजाको मौलिक सृजना रहेको कुवापानी गाउँमा गीता पाइजाको सुमधुर आवाज,आँशु लामाको संगीत युवा निर्देशक पुष्कर थापा (विवेक) को निर्देशन, लक्ष्मी/अञ्जली र गीताको अभिनय, देबेन्द्र पुनको छायाँकन साथै दिपक बिष्टको सम्पादन रहेको छ। पर्वतका बिभिन्न रमणिय ठाउँहरू र विशेषत कुवापानी गाउँको सेरोफेरोमा छायाँकन गरिएको राजकुमारी पाईजाको गीति कोशेली कुवापानी गाउँ।