साङ्केतिक तस्बिर ;साभार वेब

घुसको रकमसहित वन अधिकृत पक्राउ

Hollywood Khabar July 11,2019 Comments

२७ असार,सुर्खेत।चार लाख रुपैयाँ घुसको रकमसहित वन अधिकृत सुर्खेतमा पक्राउ परेका छन्।अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले उनलाई घुससहित पक्राउ गरिएको जानकारी दिएका हुन्।वन अधिकृतको निवासको दराजमा थप ५ लाख ५० हजार रकम फेला परेको थियो।डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामाको कार्यालयमा नै रहेको रकम फेला परेको बताईएको हो।शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वन अधिकृत लामालाई घुसको रकमसहित पक्राउ गरेको थियो।वन अधिकृत लामाको निवासमा जाँच गर्दा पाँच लाख पचास हजार नगद दराजमा फेला परेको स्रोतले जनाएको हो।  

प्रत्यक्षदर्शीका अनुसार बिहान करिब १२ बजेको समयमा एकजना काठ व्यवसायी झोला बोकेर सुर्खेतको डिभिजन वन कार्यालयमा छिरेका थिए। कार्यालको वन अधिकृत लामाको कार्यकक्षमा छिरेका ती व्यवसायी केही समयमा गफगाफपछि कार्यालयकै माथिल्लो कोठामा रहेको अधिकृत लामाको क्वार्टरमा गए।अनि रित्तो झोला लिएर केही समयपछि काठ व्यवसायी कार्यालय बाहिर निस्किए।व्यवसायी बाहिर निस्किएको केही समयपछि कार्यालय प्रमुख समेत रहेका वन अधिकृत आफ्नो कुर्चीमा मात्र के बस्न लागेका थिए।आईकार्ड देखाउँदै अख्तियारको टोलीले पहिले पाएको चार लाख मात्र पछि दराजमा थप ५ लाख ५० हजार रकम फेला पारेको हो। अख्तियारले घुस मागेको उजुरी र गुनासो आएपछि अख्तियारले रंगेहात पक्राउ गरेको  जनाएको छ।