-साङ्केतिक तस्बिर

घुस सहित पक्राउ पर्नेमा इन्जिनियरहरुको संख्या बढी

Hollywood Khabar December 07,2019 Comments

२३ मंसिर,काठमाडाैँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  घुस सहित पक्राउ पर्नेमा इन्जिनियरहरुको संख्या बढी रहेको जनाएको छ।अख्तियारले ६ महिनामा घुससहित नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेका  १ सय ४० जनामा सबैभन्दा बढी इन्जिनियर रहेको जनाएको हो।अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनियर पक्राउ परेका थिएभने भदौमा मात्रै अख्तियारले आठ जना इन्जिनियरलाई नक्कली शैक्षिक योग्यता प्रमाणपत्रदेखि घुस रकमसहित पक्राउ गरेको थियो ।घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको जनाएको छ ।