घुससहित जलश्रोत तथा सिंचाई डिभिजन प्रमुख पक्राउ

0
shares

by Soni Sharma | Updated: 19 Feb 2020

160 views
साङ्केतिक तस्बिर:साभार वेब

७ फागुन बैतडी ।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेश राज भट्टलाई १ लाख घुससहित पक्राउ गरेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्र नगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान ९ बजे उनलाई पक्राउ गरेको हो।

चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कन्चनपुर कार्यालयका सुचना अधिकारी टोपबहादु विष्टले जानकारी दिए ।उनलाई आज महेन्द्रनगरमा राखिने र भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल लगिने विष्टले बताए ।

सुचना अधिकारी विष्ट भन्छन्, ' चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिसँग सुरेशप्रसाद भट्टले २ लाखमा बार्गेनिङ गरेका रहेछन् । अहिले १ लाख बुझाउँदै गर्दा उनी समातिएका हुन् ।'