-घुम्दै फिर्दै ओली नै प्रधानमन्त्री हुनुथियो यत्रो ठुलो नाटक किन?

घुम्दै फिर्दै ओली नै प्रधानमन्त्री हुनुथियो यत्रो ठुलो नाटक किन?

Hollywood Khabar May 13,2021 Comments

अन्तत नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नै नेपालका प्रधानमन्त्रीमा नियुक्त भएका छन्।धरै र गर्मी चल्ने प्रदर्शन भए, वार्ता र बिलापले दुनियाँ चलायमान भयो अन्तमा गएर फेरी केपी ओली नै प्रधानमन्त्री भए।

संसदबाट विश्वासको मत लिन नसकेपछि स्वतह पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाइ कामचलाउ भएपछि राष्ट्रपति विद्या देवी भण्डारीबाट ३ दिन भित्र प्रधामन्त्रीको लागि आब्हान भएको थियो। सो समयमा कसैले पनि आवश्यक संख्यामा दावीसहित निवेदन गर्न नसकेपछि सबैभन्दा ठूलो दलका संसदीय दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई राष्ट्रपति विद्या देवी भण्डारीले बिहीबार राती संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

यसमा प्रतिपक्षहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको प्रयासलाइ जसपाले ओलीको पक्ष लियो। उसलाई सत्तामा जाने भर्याङ्ग पाएकोले लंगुर र बुर्जा दुबैमा दाउ हालेर बस्यो।