-घाटमा जलाउन ठिक्क पारेको महिलाको शव

घाटमा जलाउन ठिक्क पारेको महिलाको शव प्रहरीको नियन्त्रणमा 

Hollywood Khabar January 15,2020 Comments

२,माघ,विराटनगर।घाटमा जलाउन ठिक्क पारेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीले विराटनगर महानगरपालिका– ८ सिंघियाकि  २८ वर्षकी प्रेमदेवी साहको मृत्यु शंकास्पद भएको उजुरीपछि परेपछि घाटमा जलाउन ठिक्क पारेको महिलाको शव नियन्त्रणमा लिएको हो ।प्रेमदेवीको माइती पक्षले घाटमा चिता तयार पारि जलाउन लैजान ठिक्क परेको अवस्थामा मृतकको  घाँटीमा निलो डाम देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

शंकास्पद मृत्यु भएको सूचनापछि वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी नायव निरिक्षक मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरक्षक रामबहादुर ढकाल नेत्रृत्वमा टोली घटनास्थल पुगेको टोलीले शवको घाटीमा चोट देखिएपछि मृतक महिलाका श्रीमान गोविन्द साहलाई नियन्त्रणमा लिएको छ ।

घरमा बहिनीलाई हेला गर्ने गरेको बताउँदै उनले घाटीमा चोट देखिएकाले अनुसन्धान हुनुपर्ने भन्दै मृतकका दाजुले माइतबाट १५ दिन अघि मात्र घर आएकी बहिनीको हत्या भएको हुन सक्ने बताए। मृतक महिलाको १२ वर्षअघि विराटनगर ८ बलुवाहीका गोविन्द साहसँग भएको थियो ।मृतक साहका ८ र १० वर्षका दुई छोराहरु छन् ।