साङ्केतिक तस्बिर:साभार वेब

घरको आफ्नै दराजमा लुकाएर १६ लाख लुटिएको नाटक गर्ने पक्राउ

Hollywood Khabar August 17,2019 Comments

१ भाद्र काठमाण्डौं।१६ लाख रुपैयाँ लुटियो भनेर नाटक गर्ने एक व्यक्ति काठमाण्डौको न्युरोडबाट पक्राउ परेका छन्।भारतको विहार घर भएर डल्लु बस्ने मनोज कुमार साहले न्युरोडमा मास्क लगाएर मोटर साइकलमा आएका २ जनाले आफूसँग भएको १६ लाख रुपैयाँ लुटियो भनेर रोइकराइ गरेका हुन्।त्यसपछि खटिएको टोलीले साहले रकम लुटिएको भन्ने ठाउँको सीसीटीभी फुटेज हेर्दा लुटिएको दृश्य  देखिएन ।

त्यसपछि प्रहरीले मनोज साहलाई नै शंका गरेर सोधपूछ गर्दा उनले रकम कोठाको दराजमा लुकाएको भेटियो।मनोजले पछि प्रहरीसँगको बयानमा गोयल कम्पनीको १६ लाख रुपैयाँ ठग्ने नियतले आफूले पैसा हराएको नाटक गरेको स्वीकारेका छन्।उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।