-बरामद गरेको १८ किलो  सुन

घरभित्र खाल्टो खनेर पुरिएको अवस्थामा १८ किलो सुन भेटियो 

Hollywood Khabar February 13,2019 Comments

२ फागुन,काठमाडौं।प्रहरीले कञ्चनपुरको यौटा घरभित्र खाल्टो खनेर पुरिएको अवस्थामा १८ किलो  सुन बरामद गरेको छ।कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथ बस्तीमा सुन लुकाइएको सूचना पाएपछि बिहीबार दिउँसो प्रहरीले अनुसन्धान गर्दा अनुसन्धान गर्दा घरभित्र खाल्टो खनेर पुरिएको अवस्थामा ठूलो परिमाणको सुन फेला परेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर सहितको प्रहरी टोलीले शंकास्पद घरमा गएर छापा हान्दा घरको एउटा कोठामा स्टोर गरिएको आलु राखेको ठाउँ मुनि सेतो प्लाष्टिकको बोरा भित्र कालो कपडा बेरिएको सुनका १८ वटा बिस्कुट भेटाएको प्रहरीले जनाएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानले सुन भारतबाट ल्याइएको देखाएको छ ।