-जर्ज फलोयडको हत्याको बिरोधमा अमेरिकाका दर्जनौ शहरमा हजारौंको प्रदर्शन

जर्ज फलोयडको हत्याको बिरोधमा अमेरिकाका दर्जनौ शहरमा हजारौंको प्रदर्शन

Hollywood Khabar May 29,2020 Comments

हलिउडखबर/अमेरिका/५/३०/२०

स्टेट अफ मिनसोटाका प्रहरीले जर्ज फलोयड नामका नागरिकलाई नियन्त्रणमा लिएर घाँटीमा घुंडाले थिचेर राख्दा मृत्यू भएपछि त्यसको बिरोधमा अमेरिकाका दर्जनौं शहरमा बिरोध प्रदर्शन भएको छ। यसै हप्ता भएको उक्त घटना पछि बिरोधमा प्रदर्शन हुन थालेका हुन्।

शुक्रबार भएका प्रदर्शनमा तोडफोड र अनियन्त्रित प्रदर्शन भएको थियो। यसै क्रममा CNN को मुख्यालयमा पनि प्रदर्शनकारीहरुले तोडफ़ोड गरेका छन्। स्टेट अफ मिनसोटाले प्रदर्शन नियन्त्रण गर्न १००० जना थप नेशनल गार्डको माग गरेको छ। थुप्रै शहरका स्थानिय प्रहरीले प्रदर्शन, लुटपाट, तोडफोड नियन्त्रण गर्न नसकेपछि नेशनल गार्ड डिप्लोयड गरिएको छ।

धेरै शहरका प्रहरी र नेशनल गार्डले प्रदर्शनकारीहरुलाई कोरोना पेण्डमिकका कारण गिरफ्तार नगर्ने, भिड तितरबितर गर्ने नीति लिएका छन। गत सोमबार गिरफ्तार पछि जर्ज फलोयडको घाँटीमा प्रहरीको घुंडाले थिचेर स्वास फेर्न कठिन हुँदा मृत्यूका कारक बनेका प्रहरी अधिकृतलाइ थर्ड डिग्रि मर्डरको चार्ज लागिएको छ। सो घटनामा संलग्न मुख्य दोषी सहित चारैजना प्रहरीलाई मंगलबार नै सिटीले बर्खास्त गरेको छ। ति मध्ये मुख्य अभियुक्तको आरोपित बर्खास्त भएका अधिकारी Derek Gauvin लाइ गिरफ्तार गरिएको र उनलाई थर्डडिग्री मर्डरको चार्ज लगाइएको छ।

सोहि घटनालाई लिएर प्रदर्शनकारीहरु मिनसोटा, न्यूयोर्क, वाशिङटन डिसी, सिकागो, कोलम्बस, एटलान्टा, ओहिओ, लुजियाना, डालस, सान होजे, ओकल्याण्ड, लस एन्जलस, पोर्टल्याण्ड लगायतका क्षेत्रमा आक्रामक प्रदर्शन भएको भिडियो सबैजसो टेलिभिजनहरुले लाइभ काष्ट गरेका छन्।

शुक्रबार बिहान देखि भएको प्रदर्शन अबेर राती सम्म भएका थिए। फ्रिवे नै बन्द गरेर रोक्ने देखि ति घटनाहरुमा प्रहरीमाथि आक्रमण, आगजनी, तोडफोड, ब्यब्बसायहरु लुटपाट समेत गरेका घटना टेलिभिजनहारले भिडियोमा देखाएका छन्। पछिल्लो पटक थुप्रै प्रदर्शनकारीहरु गिरफता गरिएका छन् भने प्रहरीहरु पनि घाइते भएका छन्।