-फागुको सन्देश:लैङ्गिक समानताको लागि कदम चाल-रेडक्रस

फागुको सन्देश: लैङ्गिक समानताको लागि कदम चाल-रेडक्रस

Hollywood Khabar March 19,2019 Comments

लैङ्गिक लगायत विविध क्षेत्रमा समानताका लागि सोच, व्यवहार र योजनाको लागि रेडक्रसले आव्हान गरेको छ ।

फागु पूर्णिमाको अवसरमा होली शुभकामना दिदै Blance for Better विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ तथा नेपाल रेडक्रस सोसाइटीले अन्तरक्रिया कार्यक्रम, प्रतिवद्धता र फोटो अभियान आयोजना गरेको छ ।

लैङ्गिक, उमेर, भौगोलिक, स्वास्थ्य अवस्था जस्ता क्षेत्रमा विद्यमान असन्तुलित अवस्थाको अन्तको लागि सोँचमा परिवर्तन जरुरी छ । होलीको अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भन्नुभयो । “यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को समानताको सन्देश हाम्रोलागि वर्षभरी नै उपयुक्त छ ।

लैङ्गिक समानता अझै पनि वास्तविकता भन्दा टाढा रहेको तथ्याँक प्रस्तुत गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासँघका नेपाल प्रमुख जुजा किम (Juja Kim) ले एशिया प्रशान्त क्षेत्रमा लैङ्गिक असमानताले जरो गाडेको र संकटमा महिला नै वढी पर्ने अवस्था औँल्याउनुभयो । उहाँले भन्नुभयो- रेडक्रस आफैले पनि लैँगिक समानताको लागि थप कार्य गर्न नेतृत्वको समूहले मनिला घोषणा जारी गरेको छ । विभिन्न ३६ वटा देशको सर्वेक्षण गर्दा रेडक्रसको निर्णायक मण्डलमा ७ सय ३८ मध्ये २०६ जना अर्थात् २८ प्रतिशत मात्र महिला रहेका छन् । त्यसमा ५० देखि ५९ वर्षसमूहको बाहुल्यता छ र ३० वर्षभन्दा मुनिका युवाहरुको सँख्या न्यून रहेको छ । तर, अर्कोतर्फ रेडक्रसको लाभान्वित सूचीमा महिलाहरुको सँख्या अधिक रहेको र ५६ प्रतिशत कर्मचारी महिला रहेको अवस्था छ ।

कार्यक्रममा सन् २०१९ मा नीति, योजना निर्माण र सहयोग क्षेत्रमा फरक तरिकाले काम गर्न नेपालमा कार्यरत रेडक्रस अभियानका अंगहरुका प्रतिनिधिहरुले विविधताको प्रवर्धन र लैङ्गिक समानताको लागि चित्र, सामुहिक र व्यक्तिगत फोटोमार्फत सन्देश दिए् । सामुहिक फोटोमा महिलाहरुको प्रगतिमा उत्सव मनाउने कुरितिहरु अन्त गर्ने प्रतिवद्धता देखाइएको छ ।

कार्यक्रममा होलीको रंग लगाउँदै नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्य राज पौडेलले घर, कार्यस्थल र समुदायमा महिला तथा युवा समानताको लागि पैरवी गर्ने फोटो प्रदर्शन गर्नुभयो। उहाँले भन्नुभयो-शुरक्षित र समावेशी बातावरणमा मात्र छलफल र पैरवीहरु प्रभावकारी हुने भएकाले विभिन्न सामाजिक सञ्जालमा ह्यासट्याग#BlanceforBetter राखी सन्तुलित अवस्थाको पक्षमा सन्देश दिन होलीको अवसरमा रेडक्रस सवैलाई आव्हान गर्दछ ।

समुह छलफल तथा प्रदर्शनीलाई नेपाल रेडक्रसका GESI निर्देशक विपुल न्यौपाने, अष्ट्रेलियन रेडक्रसका मुकेश सिँ, तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघका कार्यक्रम सँयोजक हारभे Herve GAZEAU ले सहजीकरण गर्नुभएको थियो ।