NRNA अमेरिका चुनाब: महासचिवका तीन उम्मेद्वार- From right to left- Gpendra Bhattarai, Pashupati Pandey, Anjan Kumar Chaulagain

NRNA अमेरिका चुनाब: महासचिवका तीन उम्मेद्वारका कुरा र चुनावी अवस्था

Hollywood Khabar April 27,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२८/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा तीनजना महासचिवका उम्मेद्वारहरुको फरक क्षमता र अवस्था रहेको पाइयो।

गोपेद्र राज भट्टराई

भट्टराई वर्तमान बोर्ड सदस्य हुन्। आइटीको रोजगारी गर्दै विगत ३ दशक देखि अमेरिका रहेका भट्टराईलाइ सुनील साहको टिममा छन् भनेर प्रचार गरिएको छ। तर साहका एक पक्षले भने भट्टराईलाइ मन पराएका छैनन्। उनीहरु भन्छन यी भट्टराई काँग्रेस होइनन, आफूहरु नेपाली काँग्रेसका समर्थकहरुलाई मात्र भोट दिने र सपोर्ट गर्ने। भट्टराई भन्छन मैले देश छोड्दा पंचायत थियो, काँग्रेस या कम्यूनिष्ट हुने कुरा भएन। म त्यो राजनीति भन्दा फरक नेचरको व्यक्ति हुँ, गैरआवासीय नेपाली संघमा यसरी हेर्नु हुँदैन। संजय थापाको टिममा जान्छन भनिएका भट्टराई भाग्दै भाग्दै उतै टास्सिन गए अब हामी त सहयोग गर्दैनौ, संजय थापाका सपोर्टरले भने। भट्टराइ भन्छन आज बाल्टिमोर पुगेको छु, यहाँ भेटघाट गर्दैछु। स्थिति राम्रो बनेको छ, आफू सुनिलजी कै साथमा हो। साहका सपोर्टरहरुमध्ये केहिले आफूलाई टीममा नमानेको कुरा भने भट्टराइले घुमाउरो पाराले स्वीकारे। जे सुकै भएपनि साहको बलियो पक्ष भने भट्टराइलाइ सपोर्ट गर्ने पक्षमा छ। एक सुत्र अनुसार संजय थापाको टिमले भट्टराईलाइ साहबाट बिदा गराएर आफूतिर लिने घुइरो छ।

पशुपति राज पाण्डे

पशुपति राज पाण्डे ट्रेड यूनियन काँग्रेससँग जोडिएका व्यक्ति हुन्। उसो त पाण्डे नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व केन्द्रीय सदस्य पनि हुन्। यो कारणले गर्दा सुनील साहको नजिकको नातो गोपेन्द्र भट्टराई भन्दा पशुपति पाण्डेसंग भएको पाइएको छ। यस बिषयमा अध्यक्षका उम्मेद्वार सुनिल साहको टिम सपोर्टमा दुइ-दुइ महासचिवका उम्मेदद्वार भएता पनि साहले कहिँ कतै केहि पनि यो बिषयमा आफ्ना कुरा व्यक्त गरेका छैनन। पाण्डे यस अघि पनि निर्वाचनमा भाग लिएका व्यक्ति हुन्। यो पटक भने आफ्नो स्थिति सुध्रिएको कुरा उनले बताए। आफू सुनिलजीको टिम भन्दा पनि सुनिल साहलाइ अध्यक्षमा सपोर्ट गर्ने साथीहरुले आफूलाई साथ दिएको कुरा बताउँछन्। पाण्डे भन्छन त्यो भन्दा पनि थप कुरा त यो पटक थुप्रै अरु उम्मेद्वारहरुले पनि सपोर्ट गर्दैछन्, म बलियो भएको छु। डेन्भर जाँदैगर्दा फ्लाइटबाट च्याप्ट गर्दै उनले जवाफ दिए- अन्तर्घात या समर्थन जे भए याअभनिएपनि यो पटक पाण्डे जित्छ, पाण्डेले भने।

अन्जन कुमार चौलागाइं

अन्जन कुमार चौलागाइं राजनीतिक रुपले खारिएका व्यक्ति हुन्। यिनी शंकरदेव क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियू सभापती भईसकेका ब्यक्ति पनि हुन्। उनी नेविसंघको पुर्ब केन्द्रिय सदस्य र सिन्धुपाल्चोक कांग्रेसमा पटक-पटक जिल्ला कार्य समितिको सदस्य भएर काम गरिसकेका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका धेरै नेताहरुका लागि पहिलो रोजाइमा परेका चौलागाइं सुर्य लम्साललाइ समर्थन गर्दै महासचिवमा उम्मेद्वार भएका छन्। सुर्य लम्सालका टिमतिर भएता पनि सुनिल साहका समर्थक र किङमेकर मानिएकाहरुको पनि सपोर्ट चौलागाइंले पाएका रहेछन। एकजनाले भने पशुपतिजी या अन्जन जो आएपनि भात हाम्रै पाक्छ, जीत हाम्रै हुन्छ। आफूहरु कनेक्टिकटबाट फर्केको, डिसी मेट्रो जाने प्लानमा छु अनि वेष्टकोष्टतिर पनि आउँदैछु। दैनिक रुपमा माहोल बढ्दै गएको कुरा चौलागाइंले बताए। नेविसंघका पहिलाका धेरै साहीथारू त खुशी भएका छन्। यो पटक बाजी आफैले मार्ने कुरा पनि उनले बताए।

जे सुकै भनिएता पनि यी तिनै उम्मेद्वारहरुका आ-आफ्नै विशेषता र क्षमता र शक्तिकेन्द्रहरु पनि पछाडी छन्। तर पनि संगठनको लागि को आउँदा अति उत्तम हुन्छ त्यो भने मतदाताले न्याय गर्लान।