शारदा चौलागाईं 

गीत-के दिन्छौ मायाको चिनो?

Hollywood Khabar June 09,2018 Comments

तिमी ऋतु झैँ नफेरिनु पालुवा झैँ नबदलिनु ।
माया गरेर फेरी यी आँखामा आँसु नदिनु  ।।

मैले तिमीसंग झुटो नाता नै गाँसेको छैन ।
रुदा तिमीसंगै रोएको छु एक्लै हाँसेको छैन ।।
नबोली नबोली यसरी मायामा के छ र दिनु?
तिमी ऋतु झैँ नफेरिनु पालुवा झैँ नबदलिनु ।
माया गरेर फेरी यी आँखामा आँसु नदिनु  ।।

जतन गरेर माया मुटुको कुनामा लुकाए ।
बुझ्न सकिन खै के मा तिम्रो दिल दुखाए ।
घमण्ड गरेर भन के दिन्छौ मायाको चिनो ?
तिमी ऋतु झैँ नफेरिनु पालुवा झैँ नबदलिनु ।
माया गरेर फेरी यी आँखामा आँसु नदिनु  ।।