दिपक अभिमन्यू

गजल नजिक आई गरेको त्यो तिम्रो मिठो स्पर्शको,

Hollywood Khabar May 19,2019 Comments

आँखाआँखाले बोलेका ती कुरा सुन्नु कैलेसम्म‚
संगैजीउने मिठामिठा सपना बुन्नु कैलेसम्म।

नजिक आई गरेको त्यो तिम्रो मिठो स्पर्शको,
काउकुती लाउने मिठास मनमै थुन्नु कैलेसम्म।

त्यो मनमात्र हैन यो मनʼनि दुख्छ उस्तैउस्तै‚
हृदयमा राखी दुई मनको प्रित गुन्नु कैलेसम्म ।

हातेमालो गर्दैगर्दै लेकवेंसी गर्ने कहिले होला,
मनको वह मनमै राखी लौन थुन्नु कैलेसम्म।