दिपक अभिमन्यू

गजल हात देउ समाउनलाई सङ्गै खोली तर्छु भन्थ्यौ

Hollywood Khabar June 16,2019 Comments

हात देउ समाउनलाई सङ्गै खोली तर्छु भन्थ्यौ ।
दिलमा सानो कोठा देउ त्यतै डेरा सर्छु भन्थ्यौ ।।

सुखदुख मिठोपीठो आपसमा बाँडी जिन्दगीमा ,
हातेमालो गर्दै गर्दै सङ्गै जिउछु मर्छु भन्थ्यौ ।।

वसन्तको पालुवा झैं कलकलाउदो त्यो यौवनलाई ,
अझै त्यसमा ईन्द्रेणीको सातै रङ्ग भर्छु भन्थ्यौ ।।

शरद ऋतुमा फूल्ने सयौथरि सुवासिला फूलसरि ,
जिन्दगीलाई नानाथरि सुवासले नि भर्छु भन्थ्यौ ।।

दुनियाँले तारिफ गर्ने एउटा किर्ती लेखिकन ,
आकाशका तारासरि खै किन हो झर्छु भन्थ्यौ ।।
थाहा छैन खै किन हो सङ्गै जिउछु मर्छु भन्थ्यौ ।।