लेखक रत्न मिमोसा

गजल: बिर्स्यो कसो जंघार तर्न

Hollywood Khabar February 15,2020 Comments

बिर्स्यो कसो जंघार तर्न पाइला छुपाउनेले
पानीमाथी ओभानो रही संसार रुझाउनेले

चुपचाप बग्दछ नदी पुगेकैछ सात समुन्द्र
हल्ला रच्छ एकैछिनको स्वर फुकाउनेले

पोख्दैन गुनासो जुन कहिले,दाग हेर्छौ किन
घाम छुन्छु भन्दैन कोही साहस जुटाउनेले

गर्दैन आफु सुकर्म भन्छ जो अर्कैको दुस्कर्म
देख्छ जहींतहीं फलेकै वृक्ष शीर झुकाउनेले