गौरी जोशीको प्रेस बक्तब्य

Hollywood Khabar March 24,2017 Comments

गौरी जोशीको प्रेस बक्तब्य
आदरणीय मित्रहरु,
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएन अमेरिका)को निर्वाचन, मेरो उम्मेदवारी र एनआरएनको वर्तमान नेतृत्वलाई लिएर विगत केही दिन देखि विभिन्न माध्यममा प्रकाशित टिका टिप्पणी प्रति मेरो ध्यानाकषर्ण भएको छ । पछिल्ला केही दिनमा प्रकाशित खवरले सिगों एनआरएनको गरिमालाई घटाउने कार्य गरेको मेरो बुझाई छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन)अमेरिका क्षेत्रिय संयोजक सोनाम लामा उपसंयोजक ए सि शेर्पा लगायत साथिहरुसंग टेक्ससमा भएको अनौपचारिक सामान्य कुराकानीलाई अतिरञ्जित रुपमा व्याख्या नगर्न म सवैसंग आग्रह गर्छु । उक्त बैठकमा उहांहरुले सहमतिका लागि धम्की दिनुभयो भन्ने कुरा वाहिर आएको छ, यसमा कुनै सत्यता नरहेको म स्पष्ट गर्न चाहान्छु।
एनआरएन अमेरिकाको आगामी निर्वाचन, विधानमा उल्लेखित नयां व्यवस्था लगायतका विषयमा टेक्ससमा अनौपचारिक छलफल भएको हो । हामीले आफ्ना आफ्ना भनाई राखेका थियौं । विधानका विषयमा आएको विवादका सम्वन्धमा मैले कानुन विज्ञ, एनआरएन अमेरिकाका अग्रजहरुसंग परामर्श गरिरहेको मैले यस अघिनै प्रष्ट पारिसकेको छु । म पनि नेतृत्वका आंकाक्षी भएकाले अग्रजहरुसंग वसेर कुराकानी गर्नु समान्य हो, यसलाई यही रुपमा वुझ्न म आग्रह गर्छु। 
व्यक्तिगतरुपमा भएका सम्बादलाई आ आफ्ना तरिकाले व्याख्या गरिनु नै समस्याको कारण हो। यसर्थ, एक अर्का प्रति आरोप र प्रत्यारोपवाट मुक्त भएर अमेरिकाको नेपाली समुदायलाई एकजुट बनाउन आ आफ्ना असहमतीलाई सभ्यरुपले प्रस्तुत गर्नुका साथै व्यक्तिगत स्वार्थवाट माथि उठी एनआरएनको संस्थागत उन्नतिका लागि हामी सबेले उपयुक्त योगदान गर्नु नै आजको आवश्यकता हो । समाजिक सेवाको यो अभियानमा कसैसंग पनि मेरो व्यक्तिगत मनमुटाव र आपसी कटुताको कुनै स्थान नहुने धारणा सार्वजनिक गर्दै सम्पूर्ण अमेरिकी नेपालीहरु तथा सामाजिक अगुवालाई सेवाको यो सत्कर्ममा मेरा साथ दिन एक पटक पुन आग्रह गर्छु। 
धन्यवाद 
गौरी जोशी 
डलास टेक्सस