गंगामायाका छोरा नुरप्रसादले गरे अदालत तोडफोड:अधिकृतमाथि पनि कुर्सि प्रहार

Hollywood Khabar September 22,2018 Comments

८ असोज ललितपुर।अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा तोडफोड गरेका छन्।उनले आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि आइतबार साँझ इजलास अधिकृत रोशन बस्नेतमाथि कुर्सि प्रहार गर्दै अदालतमा तोडफोड गरेका हुन्।

उच्च अदालत पाटन श्रोतका अनुसार नुरप्रसादले ललितपुरकी विन्दु घतानीको घरजग्गासम्बन्धी मुद्दा जिम्मा लिँदै आएका थिए।ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए।तर उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले जिल्लाकै फैसला सदर गरिदिएपछि उनी आक्रमणमा उत्रिएका हुन्।अदालती श्रोतका अनुसार, मुद्दा हारेपछि नुरप्रसादले हिजो साँझ पौने ५ बजेतिर इजलास अधिकृतमाथि कुर्सी प्रहार गरेका हुन्।प्रहारबाट कुर्सी झ्यालमा ठोक्किएर सिसा फुटेका छन्।साथै नुरप्रसादले अदालतका कम्प्युटर, दराजलगायतका सामान पनि तोडफोड गरेका छन्।

घटनालगत्तै नुरप्रसादसहित मुद्दाकी वादी विन्दु घतानीलाई पनि प्रहरीले पक्राउ गरेको छ।अहिले उनीहरु जावलाखेल प्रहरीको नियन्त्रणमा छन्।