-गणेशमान सिंह

आज गणेशमान सिंहको २२ औं स्मृति दिवस मनाइँदै 

Hollywood Khabar September 17,2019 Comments

२असोज,काठमाडौं ।आज नेपाली राजनीतिका आदर्श पुरुष एवं जनआन्दोलनका सर्वोच्च कमान्डर वीर गणेशमान सिंहको २२ औं स्मृति दिवस,विविध कार्यक्रम गरी मनाइँदै छ ।१९७२ साल कार्तिकमा जन्मिएका लौहपुरुष गणेशमानको २०५४ साल असोज २ गते निधन भएको थियो ।गणेशमान सिंह फाउन्डेसनले लौहपुरुष गणेशमान सिंहको स्मृतिको अवसरमा बिहिबार बिहान कांग्रेस नेता एवं गणेशमान सिंह पुत्र प्रकाशमान सिंहको प्रमुख आतित्थ्यतामा शोभा भगवतीमा माल्यार्पण कार्यक्रम गरेको छ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज दिउसो नक्सालमा गणेशमान सिंहको सम्झनामा कार्यक्रम आयोजना गर्दैछ । त्यसैगरी नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनले गणेशमान सिंहको स्मृति तथा संविधान दिवसको अवसर पारेर केन्द्रीय कार्यालयमा संविधान मस्यौदा सिमितिका संयोजक कृष्णप्रसाद सिटौलासँग दिउँसो २ बजे अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दैछ ।