https://www.youtube.com/embed/_HD7jl25Nso

सीतललाई छोड्दा नायक गजित बिष्ट यता न उता ...........

Hollywood Khabar September 11,2017 Comments

संसारको सबैभन्दा भाग्यमानी मानिस को होला? सायद, जसले अन्तरात्मादेखि मन पराएको मायालु पाएको छ त्यो नै संसारको सबैभन्दा भाग्यमानी मानिस हो। तर बिच बाटोमा कांडा देख्दा टेक्ने मन छैन धोका दिने निष्ठुरीलाई देख्नै मन छैन,  माया मेरो  अधुरो भो कहानि लेख्नै मन छैन। मान्छेको मन कर्कलाको पातको पानी रहेछ, कहिले पनि स्थिर रहन नसक्ने।  उसैले त हो मलाई छोडेर अर्की सँग हिंडेको फेरी उसैलाई सम्झेर यो मनमा कती पिर र पिडालाई संगाली राख्ने । यसरी मेरो जिन्दगी कतीन्जेल चल्छ यस्तै कुराहरु मनमा खेलीरहँदा त घृणा जागेर आउछ। तर के गर्नु दिन पछि रात त अबश्य आईहाल्छ त्यो त प्रकृतिको नियमनै थियो। घाउ बिनाको चोटमा भक्कानिदै मुटु दुःखेको हरपल बिर्सन चाहान्थे, जिउँदै पलपलमा किन मर्न नपरोस तर उस्लाई पनि मलाई जस्तै हरपल पिडा दिन्छु भन्ने सकल्पका साथ आफ्प्रो मन मिल्ने साथी मार्फत धोका दिने निष्ठुरीलाई आफुलाई दिएको पिडाको महसुस गराइ  जित हसिल अबश्य गर्छु भन्ने अझै मन मस्तिक बाट हटाउन सकेको थिइनन र तेसै गरिन। 
यो दृस्य आर सि कोइरालाको पारीकल्पनामा गीतकार क्षितिज ले लेख्नु भएको गीत को शूटिङ मा देखिएको दृस्य हो। चर्चित म्युजिक भिडियो निर्देशक बिकास घले गुरुङले निर्देशान् गर्नु भएको यस म्युजिक भिडियोलाई बबिन दुलालले छायान्कन गर्नु भयको छ। चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत भर्नु भएको गीतलाई अहिलेकी चर्चित गायिका मिलन आमात्यले आवाज दिनु भयको छ। मोडेल तथा कलाकार सीतल आचार्य,  चर्चित नायक गजित बिष्टको साथमा मोडेल मिराज कोइराला तथा  बाङ्लादेशकी मोडेल अन्नन्य चौधरीले म्युजिक भिडियोमा अभिनय गरेका छन।
"जिबन भरी फुल सरी सजाउछु भन्नेले
काडा सरी बनाइ गयौ आधा माया लाउनेले"......
गीत: जिबन भरी.....
गितकार: क्षितिज
संगीत: सन्तोष श्रेष्ठ
गायिका: मिलन आमात्यले
अभिनय: सीतल आचार्य / गजित बिष्ट / अन्नन्य चौधरी / मिरज कोइराला
निर्देशक: बिकास घले गुरुङ
प्रस्तुती: आर एस फिल्मस